अराजक बन्दै राजावादी प्रदर्शनकारी, घर-पसल तोडफोड
काठमाडौं- राजावादी र प्रहरीबीचको झडपले तीनकुने क्षेत्र रणमैदान जस्तै बनाएको छ । तीनकुनेबाट निषेधित क्षेत्र तोड्दै प्रदर्शनकारी बानेश्वरतिर अघि बढ्दा भएको झडपले तीनकुने रणमैदान जस्तै बनेको हो ।
प्रहरीले प्रदर्शनकारीलाई रोक्न कयौँ राउन्ड अश्रुग्यास हानेको छ भने पानीको फोहोरा पनि चलाएको छ ।
प्रहरीले अश्रुग्यास प्रहार गरेपछि आन्दोलनकारी थप आक्रोशित भएका छन्। उनीहरूले तीनकुनेमा व्यापारी घर,पसलहरूमा समेत ढुंगामुडा प्रहार गर्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्।


WRITE COMMENTS FOR THIS ARTICLE