अराजक बन्दै राजावादी प्रदर्शनकारी, घर-पसल तोडफोड

काठमाडौं- राजावादी र प्रहरीबीचको झडपले तीनकुने क्षेत्र रणमैदान जस्तै बनाएको छ । तीनकुनेबाट निषेधित क्षेत्र तोड्दै प्रदर्शनकारी बानेश्वरतिर अघि बढ्दा भएको झडपले तीनकुने रणमैदान जस्तै बनेको हो ।
प्रहरीले प्रदर्शनकारीलाई रोक्न कयौँ राउन्ड अश्रुग्यास हानेको छ भने पानीको फोहोरा पनि चलाएको छ ।
प्रहरीले अश्रुग्यास प्रहार गरेपछि आन्दोलनकारी थप आक्रोशित भएका छन्। उनीहरूले तीनकुनेमा व्यापारी घर,पसलहरूमा समेत ढुंगामुडा प्रहार गर्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्।
त्यसैगरी प्रदर्शनकारीले ढुंगा हानेका छन् । अहिले तीनकुने क्षेत्र झडपका कारण युद्धको बेलाको जस्तै अस्तव्यस्त बनेको छ । झडपका क्रममा केही प्रहरी र प्रदर्शनकारी पनि घाइते भएका छन् ।
ढुंगामुडा प्रहारबाट केही घर र पसलमा क्षति पुगेको छ। प्रदर्शनकारीहरूले तीनकुनेको एक व्यापारी घरमा तोडफोड गरी कागजपत्र निकालेर जलाइरहेका छन्।
WRITE COMMENTS FOR THIS ARTICLE