नेपाली कांग्रेसकाे बैठक गगन थापाकाे अध्यक्षता बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा ५ वटा एजेण्डामाथि छलफल हुने भएको छ।
केन्द्रीय समितिबाट राजीनामा अस्वीकृत भएसँगै नेपाली कांग्रेसका सभापति गगन थापा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेका छन्। यसअघि तीन दिनसम्म बसेको केन्द्रीय समिति बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत सहित ६ बुँदे निर्णय गरेको थियो ।
पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री प्रदीप पौडेलले ५ वटा एजेण्डा पेस गर्न लागेका हुन्।
समसामयिक संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन, १५औं महाधिवेशन तयारी, उम्मेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन र भ्रातृ संघ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समिति लगायत एजेन्डा रहेका छन्।
कांग्रेस सभापति गगनकुमार थापा प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित भएका छन्। थापाले प्रतिनिधि सभाको निर्वाचनपछि पहिलो पटक औपचारिक रुपमा आफ्नो धारणा केन्द्रीय समिति बैठममा राख्दै छन्।


WRITE COMMENTS FOR THIS ARTICLE