मङ्लबार, अशोज २७, २०८३
Tuesday, October 13, 2026

नागरिक समाजकाे निशुल्क दन्त शिविर आलापोटमा सम्पन्न

काठमाडौं – सामाजिक रुपान्तरणकालागि नागरिक समाजले नियमित स्वास्थ्य परिक्षण शिविर अन्तर्गत बालबिकास माध्यमिक बिद्यालय आलापोटमा निशुल्क दन्त शिविर सञ्चालन गरेको छ ।

ओम समाज डेन्टल हस्पिटल चावहिलका धन घिमिरे नागरिक समाजका अध्यक्ष याम बहादुर जि.सीको संयोजकत्वमा सम्पन्न शिविरमा चिकित्सकहरु डा.आशिका न्यौपाने, डा. रितिका तिमिल्सिना तथा सहायक जुनु पण्डितको टोलीले शिविरमा साथ दिएका थिए ।

बिद्यालयमा अध्ययनरत १७१ जना बिद्यार्थीको निशुल्क परिक्षण् गरिएको थियो ।

शिविरमा स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई दाँत तथा मुखको स्वास्थ्य सचेतना समेत दिइएको छ। विद्यार्थीहरुलाई दाँत तथा मुखको सरसफाई, स्याहार कसरी गर्ने भन्ने सचेतना दिइएको थियो।

सामुदायिक स्वास्थ्य सेवामार्फत आम नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्य शिविर सञ्चालन गरिएको समाजले जनाएको छ।
सामान्यभन्दा सामान्य उपचारका लागि समेत हजारौँको खर्च उठाउनुपर्ने बाध्यता छ । शिविरमा दाँतको समस्याको पहिचानसँगै बिद्यार्थीको समयसँगै पैसाको समेत बचत हुने भएपछि बिद्यालय परिवार खुसी छन् ।

सामाजिक उत्तरदायित्व अन्तरगत सञ्चालन गरिएको शिविरबाट गरिब, विपन्न तथा अस्पतालसम्मको पहुँच नपुगेका नागरिक बढी लाभान्वित हुने अपेक्षा गरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments