सामाजिक रुपान्तरणका लागि नागरिक समाजको अध्यक्षमा जिसी महासचिवमा गिरी

समाज रुपान्तरणको लागि महान अभियानलाई सफलिभूत बनाउन सामाजिक अभियन्ता एवम सर्जक याम बहादुर जिसीको नेतृत्वमा सामाजिक रुपान्तरणका लागि नागरिक समाजको पुनर्गठन गरिएकाे छ। बिहीबार काठमाडाैंमा भएकाे समाजकाे बृहद भेलाले यामबहादुर जि.सी. र महा सचिवमा बिष्णु गिरी “निश्चल” सहित २१ सदस्यिय कार्य समितिको चयन गरेको छ ।
अन्य पदाधिकारीहरुमा क्रमशः कविन्द्र त्रिपाठी, सुमनश्री पौडेल, हरिचन्द्र फुयाँल, बिद्या श्रेष्ठ, ईश्वरी अधिकारी“ईशा” र अप्सरा थापा उपाध्यक्ष बिष्णु गिरी “निश्चल” महासचिव, भिष्मराज फुलारा सचिव, उत्तम खकुरेल कोषाध्यक्ष चयन भएका छन् भने सदस्यहरुमा राजेन्द्र बजगाईं, शिवु गिरी, भैरवबहादुर शाही, दिपेन्द्र प्रजा, राजेन्द्र बिष्ट, पदमसिं धामी, सन्तोस सुन्दास, शान्ति थापा, शुकमाया लिम्बु, पार्वती पन्त र श्यामसुन्दर त्रिपाठी चयन भएका छन् ।
यसै गरी बरिष्ठ समाजसेवी, सामाजिक अभियन्ता, बरिष्ठ चलिचत्रकर्मी, अर्थविज्ञ, बरिष्ठ शिक्षासेवी, कानून व्यवसायी, सञ्चारकर्मीहरू डा. सुन्दर थापाकाे संयाेजकत्वमा सल्लाहकार समिति समेत चयन गरिएकाे छ । अन्य सल्लाकारहरूमा आनी भिमसुवा गुरूग, उन्नति बाेहरा “शिला”, मनाेहरि कँडेल, माेहन निराैला, डा.मनाेदिन सैयद, रामहरि सिलवाल, बावुकाजी थापा, कृष्णसुधा ढुंगाना, सुरेन्द्र रेग्मी, बिद्या पाण्डे रहनु भएकाे छ ।
WRITE COMMENTS FOR THIS ARTICLE