शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

एसीसी प्रिमियर कपमा नेपालको दोस्रो जित

नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गरेको छ।

बिहीबार भएको समूह चरणको दोस्रो खेलमा भुटानलाई ५१ रनले पराजित गर्दै नेपालले लगातार जित हात पारेको हो। नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको भुटानले २० ओभरमा आठ विकेटको क्षतिमा ६२ रन मात्र बनाउन सक्यो।

भुटानका लागि डेचेन वाङमो बनाएको ३९ रन नै सर्वाधिक रह्यो। छाडो ओमले ११ रन थपिन्। अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

भुटानलाई कम स्कोरमा रोक्न रुविना क्षत्रीले चार ओभरमा १५ रन दिएर तीन विकेट लिइन्। रिया शर्माले दुई, कविता कुँवर र मनिषा उपाध्यायले समान एक विकेट आफ्नो नाममा गरे।

त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित कोलेज टुवान्कु जाफर ओभल स्टेडियममा भुटानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले २० ओभरमा ११३ रन बनाउँदा अलआउट भयो। नेपालका शीर्ष र मध्यक्रमका ब्याटर लामो समय क्रिजमा टिक्न नसक्दा नेपाल एक समय ९.२ ओभरमा ६-४७ को अवस्थामा थियो।

आठौँ विकेटका लागि सीता राना मगर र रुविना क्षेत्रीले ४० रनको साझेदारी गरेपछि नेपालले सम्मानजनक योगफलको आधार तयार पारेको थियो। सीताले २८ बलमा ६ चौका सहयोगमा ३७ रन बनाइन्। रुविनाले २४ रन थपिन्। सोनी पाख्रिनले १३ र सम्झना खड्काले १० रन थपे।

भुटानका लागि सोनामले आफ्नो स्पेलमा १२ रन खर्चेर तीन विकेट लिइन्। छिरिङ जाङमोले चार ओभरमा २१ रन दिएर तीन विकेट आफ्नो नाममा गरिन्।

समूह चरणको अन्तिम खेलमा नेपालले शनिबार हङकङविरुद्ध खेल्नेछ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x