बुधबार, माघ ९, २०८१
Wednesday, January 22, 2025

व्हाइट हाउसमा कृतिम बुद्धिमत्ता (एआई)मा ५०० बिलियन डलर लगानीको घोषणा

राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउसमा कृतिम बुद्धिमत्ता (एआई)मा ५०० बिलियन डलर लगानीको घोषणा गरेका छन् । व्हाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त घोषणा गरेका हुन् ।

सफ्टबैंकका प्रमुख कार्यकारी अधिकारी (सीईओ) मासायोशी सन, ओपनएआईका साम अल्टम्यान र ओरेकलका ल्यारी एलिसनले “स्टारगेट” उद्यममा ५०० बिलियन डलर लगानीको दाबी गर्न ह्वाइट हाउसमा ट्रम्पसँग सामेल भएको एबिसीन्यूजले जनाएको छ ।

“हामी तुरुन्तै १०० मिलियन डलर काममा लगाउने छौं ..,” सनले भने। त्यहाँ आएका उधमी/व्यवसायीहरूले चिकित्सा अनुसन्धान सहित विभिन्न परियोजनाहरूमा कृत्रिम बुद्धिमत्ता प्रयोग गर्ने योजना बनाएको बताए । “हामी संयुक्त राज्य अमेरिकामा यो गर्न पाउँदा खुसी छौं,” अल्टम्यानले भने।

त्यहाँ उपस्थित पत्रकारहरुले ट्रम्पलाई जनवरी ६ का दोषीहरूलाई माफी दिएको बिषयमा जिज्ञाशा राख्दा त्यसको बचाउ गरे । एक अधिकारीमाथि आक्रमण गरेको स्वीकार गर्ने एक जना सहित जनवरी ६ का हिंसात्मक दोषीहरूलाई माफी दिने बारे प्रश्नलाई उनले बेवास्ता गरे। उनले माफी दिइएका व्यक्तिहरूलाई अन्यायपूर्ण रूपमा मुद्दा चलाइएको आफ्नो दाबी दोहोर्‍याए । ट्रम्पले बाइडेनले पद छोड्नु अघि “धेरै राम्रो पत्र” दिएको र उनले यसको कदर गरे।

“यो एक प्रेरणादायी प्रकारको पत्र थियो,” उनले भने। आफ्नो एआई पूर्वाधार घोषणाको क्रममा ट्रम्पले युरोपेली संघमा शुल्क लगाउने धम्की दिए ।

159Shares
facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
sharethis sharing button

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x