दोहोरी व्यवसायी संघका अध्यक्ष श्रेष्ठ सम्मानित

सामाजिक रुपान्तरणका लागि नागरिक समाजको सहकार्य ‘ नागरिक बोर्ड डटकम को चौथो वार्षिक उत्सव तथा वरिष्ठ लोकदोहोरी गायक बद्री पराजुलीको एकल साँझ राष्ट्रिय नाचघर जमलमा प्रमुख अतिथी रक्षा मन्त्री मा. मानवीर राईको आतिथ्यतामा सम्पन्न भएको छ। उक्त समारोहमा विभिन्न क्षेत्रका ख्यातिप्राप्त ब्यक्तित्वहरूलाई अवार्ड तथा स्रष्टा सम्मानित गरिएको थियो ।
यसै विचमा आफ्नो कार्य व्यस्तताका बाबजुद दोहोरी व्यवसायी संघका केन्द्रीय अध्यक्ष बिनाेद श्रेष्ठ कार्यक्रममा उपस्थित हुन नसके पनि एकल साँझलाई प्रतिवद्धता गरे अनुरूप आफ्नो कर्मक्षेत्रमा अविचलित भई अविच्छिन्नरूपमा लाग्नुभएको पेशाप्रतिको इमानदारीता, समर्पण र लगावकाे प्रशंसा गर्दै नयाँ तथा पुरानो दुवै पुस्तामा उत्तिकै सहजताका साथ आफूलाई प्रस्तुत गर्नसक्ने तथा कलाकर्म मार्फत नेपाली कला संस्कृतिको संरक्षण, सम्वर्द्धन, उन्नति र श्रीबृद्धिको प्रतिबद्धता, नवीनतम र अद्वितीय योगदान स्रहाननिय भएकाे भन्दै उहाँको सम्मान पत्र उहाले सञ्चालन गर्दै आईरहेको नगरकोट दोहोरी साँझमा संस्थाका अध्यक्ष याम बहादुर जिसीले कलाकारहरुका माझ हस्तान्तरण गर्नुभयो ।
श्रेष्ठले हामी इमान्दार भएर लागि परियो भने नेपाली लोक भाकाका पुराना श्रष्टा बद्री पराजुली जस्तै धेरै कलाकारहरुको कार्यक्रमकाे आवश्यक रहेकाे र लोक संस्कृतिको संरक्षण गर्न नागरिक समाजले र नागरिक क्रियसनले पुर्याउँदै आएको योगदान लाइ उच्च मुल्याकन गर्दै आगामी दिनहरुमा आर्थिक सामाजिक भौतिक र नैतिक समर्थन गर्दै जाने कुरा बताउनु भयाे ।
WRITE COMMENTS FOR THIS ARTICLE