कांग्रेसकामन्त्रीहरूकाे कार्यप्रगतिबारे देउवाले जानकारी लिए
काठमाडौं,– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूसँग कार्यप्रगतिबारे जानकारी लिएका छन् ।
संसदीय दल कार्यसमितिको बैठकमा कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बोलाएर उनले मन्त्रालयहरूको कार्यसम्पादनबारे जानकारी लिएका हुन् ।
‘सभापतिज्यूले कांग्रेसले सम्हालेका मन्त्रालयबारे विस्तृत जानकारी लिनुभएको छ । मन्त्रीहरूले के–के काम गरे भनेर सभापतिलाई जानकारी दिनुभएको छ,’ उनले भने, ‘के–के काम गर्ने, कसरी प्रभावकारी काम गर्ने, कसरी अगाडि बढ्ने विषयमा छलफल भएको छ । मन्त्रीहरुले कामको ब्रिफिङ गर्नुभएको छ ।’
मन्त्री चौधरीले बैठकमा सरकारले ल्याएका अध्यादेशबारे समान्य छलफल भएको पनि बताएका छन् ।
‘अध्यादेशबारे महामन्त्रीले बैठकमा जानकारी गराउनुभयो,’ उनले भने, ‘यस विषयमा पहिले पनि छलफल भएको हो । त्यसबारेमा त्यति चर्चा र परिचर्चा गर्ने कुरा भएन ।’
नेपाली कांग्रेसबाट ओली सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री र संसदीय दल कार्य समितिको बैठकमा कांग्रेस महामन्त्री द्वयगगन थापा र विश्वप्रकाश शर्माले उक्त बिफ्रिङ गरेका हुन् ।
‘बैठकमा अध्यादेशका बिषयमा पनि कुराकानी भयो, अध्यादेश ल्याएको जानकारी गराउनु भयो महामन्त्रीज्यूले, यसमा पोजिटिभ कुरा भयो, छलफल गरेरै अध्यादेश ल्याएकौं भने पछि यसमा थप चर्चा परिचर्चा नगरौं भन्नु भयो,’ बैठक पछि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जानकारी दिए ।
अध्यादेशका बारेमा कांग्रेस भित्र मत मतान्तर देखा परे पछि सभापति देउवाले आज ओली सरकारमा प्रतिनिधित्व गर्ने १२ मन्त्री र संसदीय दल कार्यसमितिको बैठक बोलाएका थिए ।
जहाँ सभापति देउवाले गठबन्धनको मर्म अनुसार सरकार सञ्चालन गर्नु पर्ने भन्दै प्रधानमन्त्री ओलीको निर्देशन अनुसार काम गर्नका लागि सबैलाइ निर्देशन दिएका छन् ।
WRITE COMMENTS FOR THIS ARTICLE