आइतवार, भदौ २८, २०८३
Sunday, September 13, 2026

तिब्बतको जिरोङमा भारी वर्षाको प्रक्षेपण, सतर्कता अपनाउन अपिल

काठमाडौं – चीनको दक्षिण-पश्चिम सिजाङ स्वायत्त क्षेत्र (तिब्बत) स्थित केरुङ (ग्याइरोङ) काउन्टीमा आगामी दिनहरूमा, विशेष गरी रातिको समयमा थप वर्षा हुने सम्भावना रहेको चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ।

मौसम पूर्वानुमान अनुसार आइतबारदेखि सोमबारसम्म केरुङमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने मङ्गलबार राति मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ।

गत अगस्ट २६ मा चीन-नेपाल सीमावर्ती केरुङ नाकामा गएको पहिरोपछि उद्धार तथा राहत कार्य तीव्र पारिएकै बेला यो वर्षाको पूर्वानुमान आएको हो।

प्राकृतिक स्रोत मन्त्रालय र चीन मौसम विज्ञान प्रशासनले संयुक्त रूपमा आइतबार साँझ ६ बजे भूगर्भीय विपद् जोखिमको ‘येलो अलर्ट’ (चीनको चार-स्तरीय चेतावनी प्रणालीको तेस्रो स्तर) जारी गरेका छन्। उक्त चेतावनी अनुसार आइतबार राति ८ बजेदेखि सोमबार राति ८ बजेसम्म केरुङ क्षेत्रसहित दक्षिणी सिजाङका केही भागहरूमा उच्च जोखिम रहेको छ।

निरन्तरको वर्षा र भूगर्भीय विपद्को बढ्दो जोखिमका कारण मौसम विज्ञान अधिकारीहरूले आगामी केही दिनसम्म केरुङ नाका क्षेत्रमा उच्च सतर्कता अपनाउन सल्लाह दिएका छन्। साथै, शिगात्से देखि केरुङ र केरुङदेखि केरुङ नाकातर्फ जाने मार्गहरूमा सडक चिप्लो हुन सक्ने भएकाले उद्धार वाहनका चालकहरूलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x