कलाकार हिक्मत महराको मोटरसाइकल दुर्घटनामा मृत्यु
कैलालीको गोदावरीमा भएको मोटरसाइकल दुर्घटनामा कलाकार हिक्मत महराको मृत्यु भएको छ। गोदावरी नगरपालिका–४ गोदावरी स्थित भिमदत्त राजमार्गमा ३० वर्षीय महराले चलाएको म २ प ९११७ नम्बरको मोटरसाइकल सडकमा रोकिराखेको ट्रकसँग ठोक्किएको थियो ।
कमेडी च्याम्पियन सिजन २ मा सहभागी भई चर्चामा आएका महराको दुर्घटनामा परी मृत्यु भएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याइएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
महरा कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–१ का स्थायी बासिन्दा थिए, तर हाल गोदावरी–४ मा बस्दै आएका थिए।
मोटरसाइकल दुर्घटनामा टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियनका पूर्वप्रतियोगी कलाकार हिक्मत महराको निधन भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


WRITE COMMENTS FOR THIS ARTICLE