बिहिबार, कार्तिक २२, २०८१
Thursday, November 7, 2024

पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता माथि अश्रुग्यास प्रहार

पोखरा,- राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्तामाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखराको सडकमा उत्रेका नेता कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

जिरो किलोमिटरमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयबाट निस्किएको विरोध र्यालीले सृजनाचोक हुँदै वाइचोकमा पुगेर नाराबाजी गरेको थियो ।

वाइचोकबाट निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । भीडलाई तितरबितर पार्न ४ सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रशासन कार्यालय कास्कीले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले कात्तिक ४ गतेदेखि पोखराको शहीदचोक र जिल्ला प्रहरी कार्यालय कास्की आसपास क्षेत्रलाई निषेधित घोषणा गरेको छ ।

शहिदचोक आसपासको पूर्वमा वाइ चोक, पश्चिममा फिस्टेल गेट, उत्तरमा मालपोत कार्यालय र दक्षिणमा मुस्ताङ चोकसम्म निषेधाज्ञा जारी छ ।

जिल्ला प्रहरी कार्यालय कास्की गैह्रापाटन आसपासमा पनि निषेधित क्षेत्र घोषणा गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x