शुक्रबार, कार्तिक २, २०८१
Friday, October 18, 2024

सानिमा रिलायन्स र रोटरी इन्टरनेशनल बीच साक्षरता अभिवृद्धिका लागि सम्झौता

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले अन्तर्राष्ट्रिय सहयोग संस्था रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ सँग पिछडा वर्गको साक्षरता अभिवृद्धिका लागि सम्झौता गरेको छ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत इन्स्योरेन्सले देशका विभिन्न स्थानमा सञ्चालन हुने ‘आधारभूत शिक्षा तथा साक्षरता’ कार्यक्रमका लागि भदौ २३ गते रोटरीसँग उक्त सहमति गरेको हो ।

सहमतिपत्रमा इन्स्योरेन्सका तर्फबाट सञ्चालक समितिका अध्यक्ष रतनलाल केडिया र रोटरीका तर्फबाट अध्यक्ष राजेन्द्रमान शेरचनले हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा बीमा कम्पनीका तर्फबाट सञ्चालक भरतकुमार तोदी, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र रोटरीका तर्फबाट अन्य पधाधिकारीको उपस्थिति रहेको थियो ।

सहमतिअनुसार इन्स्योरेन्सले रोटरीलाई ५ लाख रूपैयाँ रकम प्रदान गर्नेछ । उक्त रकममध्ये २ लाख ५० हजार रूपैयाँ शौचालय निर्माणका दिनेछट ।

बाँकी रकम संस्थाका विभिन्न रोटरी क्लबहरूमार्फत देशका सामुदायिक तथा सार्वजनिक स्कुलहरूमा संचालन हुने ‘टिच’ कार्यक्रमअन्तर्गत युवा साक्षरता प्रयोजनका लागि उपयोग गरिने छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष केडियाले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी समाजमै रहेर गरिने व्यवसायमा सफल हुन समाजलाई नै सफल बनाउनुपर्छ भन्ने मान्यतामा अघि बढेको बताए ।

यस्तै संस्थागत/नागरिकको भूमिकामा सामाजिक विकासका विभिन्न क्षेत्रमा योगदान दिन सदैवै तत्पर रहेको बताए ।

साथै ‘आधारभूत शिक्षा तथा साक्षरता’ कार्यक्रममार्फत आधारभूत शिक्षा पनि नपाएका वर्गले शिक्षाको उज्यालो घाम देख्न पाउने विश्वास व्यक्त गरे ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले १७० शाखा तथा उपशाखाहरू, ५० हजारभन्दा बढी अभिकर्ताहरू तथा १८ वटा योजनाहरूमार्फत जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म ९ लाख ५० हजारभन्दा बढी व्यक्तिले कम्पनीबाट जीवन बीमा सेवा प्राप्त गरिसकेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x