सोमवार, कार्तिक १७, २०८३
Monday, November 2, 2026

नेपाली कांग्रेसले बोलायो आकस्मिक बैठक

काठमाडौ‌ं — नेपाली कांग्रेसले आइतबारका लागि आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनादेखि पार्टीको आन्तरिक कार्यविभाजन र पूर्वसभापति शेरबहादुर देउवा पक्षले गर्न लागेको समानान्तर महाधिवेशनसम्मका विषयमा बैठकमा छलफल हुने भएको छ।

उपसभापति मधु आचार्यका अनुसार बैठकमा विशेषगरी सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकारलाई पक्राउ गरिएको घटनाबारे विस्तृत छलफल हुनेछ। समाचार संकलन तथा प्रकाशनकै विषयलाई लिएर प्रहरीले सञ्चारगृहमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको घटनालाई कांग्रेसले गम्भीर रूपमा लिएको उनले बताए।

पत्रकार पक्राउ परेको घटनामा सरकारको भूमिका, प्रहरी परिचालनको आधार र सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिनुपर्ने अवस्थाबारे बैठकमा छलफल हुने आचार्यले जानकारी दिए। पक्राउ परेका पत्रकार जनदबाबपछि रिहा भए पनि पक्राउ गर्ने निर्णय कसको निर्देशनमा भयो, त्यसको जिम्मेवारी कसले लिने र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकारले के गर्छ भन्ने प्रश्न महत्वपूर्ण रहेको कांग्रेस नेताहरूको भनाइ छ।

बैठकमा पार्टीको केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको कार्यविभाजनका विषयमा पनि छलफल हुनेछ। १५औं महाधिवेशनबाट सभापति गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएपछि पार्टीका पदाधिकारीहरूको कार्यविभाजन गर्ने तयारी छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments