शनिबार, भदौ २७, २०८३
Saturday, September 12, 2026

साउदी अरेबियालाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौं – एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै लगातार तेस्रो जित दर्ता गरेको छ। लगातार तेस्रो सफलतासँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

साउदी अरेबियाले प्रस्तुत गरेको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर १९३ रन बनाउँदै भेटायो।

पहिले ब्याटिङ गरेको साउदी अरेबिया ४९.२ ओभरमा १९० रनमा अलआउट भएको थियो। साउदीका लागि अब्दुल वाहिदले ७७ रन र मोहम्मद आतिफले ३० रनको योगदान दिएका थिए।

नेपालका तर्फबाट कप्तान सन्दीप लामिछानेले १० ओभरमा ३ विकेट (३-१९) र दीपेन्द्र सिंह ऐरीले ३ विकेट (३-४३) लिए भने ललित नारायण राजवंशीले २ विकेट हात पारे।

१९१ रनको लक्ष्य पछ्याएको नेपालका लागि गुल्शन कुमार झाले ३५ बलमा आक्रामक ४४ रन बनाए। यस्तै ईशान पाण्डेले ४० रन, देव खनालले ३९ रन र रोहित कुमार पौडेलले २४ रनको महत्त्वपूर्ण योगदान दिएका थिए।

साउदीका इश्तियाक अहमद र मोहम्मद आतिफले २-२ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

नेपालले यसअघि बहराइन र मलेसियालाई पराजित गरेको थियो । नेपालले अब समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङको सामना गर्नेछ । उक्त खेलपछि समूहविजेताको टुङ्गो लाग्नेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x