बिहिबार, साउन २८, २०८३
Thursday, August 13, 2026

रास्वपा सभापति रवि लामिछानेकाे चीन भ्रमण भदौ ७-१४ गते

काठमाडाैं – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भदौ पहिलो साता चीन भ्रमणमा जाने भएका छन्।

लामिछानेको आठ दिने चीन भ्रमण भदौ ७ देखि १४ गते (अगस्ट २३ देखि ३०) सम्म हुने तय भएको उनी निकट एक नेताले बताए। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा लामिछाने पहिलो पटक उत्तरी छिमेकी देशको भ्रमणमा जान लागेका हुन्।

रास्वपाले सत्ता सम्हालेपछि सभापति लामिछानेले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा पाँच दिने भारत भ्रमण गरेका थिए।

चीनका राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङसँग भेट्ने लामिछानेको प्रयास भने सार्थक नहुने देखिएको छ। लामिछानेको प्रारम्भिक कार्यतालिकामा सीसँग भेटको कार्यक्रम छैन।

‘राष्ट्रपति वा सरकार प्रमुखसँग मात्रै राष्ट्रपतिले भेटवार्ता गर्ने चीनको प्रोटोकलअनुसार सीसँग भेट असम्भव भएको हो,’ लामिछानेको भ्रमणबारे जानकार एक अधिकारीले भने।

बेइजिङमा लामिछानेको उपराष्ट्रपति हान झेङ र विदेशमन्त्री वाङ यीसँग भेट लगभग तय भएको छ। उनको पहिलो भेट भने सीपीसीको विदेश विभागका प्रमुख लिउ हाइसिङसँग हुनेछ, जसले यो भ्रमणमा उनलाई निम्त्याएका हुन्।

लामिछानेले पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्ने जनाइएको छ, जसमा उनकी पत्नी निकिता पौड्याल पनि हुनेछिन्। बोइजिङपछि लामिछाने प्रतिनिधिमण्डल तिब्बतको कैलाश मानसरोवरसम्म जाने तय भएको छ।

गत जेठ १९ देखि २३ गतेसम्म भारत भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गरेका थिए। उनले भाजपा अध्यक्ष नितिन नवीनसहित अन्य नेताहरूसँग पनि छलफल गरेका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x