बिहिबार, असार ३२, २०८३
Thursday, July 16, 2026

सातै प्रदेशमा कांग्रेस–एमाले सत्ता तोडियो

काठमाडौं– नेपाली कांग्रेसले सातवटै प्रदेश सरकारमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारमा एमालेको व्यवहारप्रति असन्तुष्टि जनाउँदै कांग्रेसले आफ्ना मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने तयारी गरेको हो ।

कर्णालीमा कांग्रेसका मन्त्रीहरूले राजीनामा दिइसकेका छन् भने सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेको छ ।

कांग्रेस नेतृत्वका अनुसार अन्य प्रदेशमा पनि एमालेसँगको गठबन्धन तोडेर आवश्यक परे प्रतिपक्षमा बस्ने रणनीति अघि बढाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x