पर्सामा एक कैदीको निधन : आफन्तहरूले प्रदर्शन गरे

काठमाडौं– पर्सामा एक कैदीको निधन भएपछि उनका आफन्तहरूले प्रदर्शन गरेका छन् ।
कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भई २५ वर्षको सजाय भोगिरहेका २८ वर्षीय राहुल साहको मृत्यु भएपछि आफन्तहरू नारायणी उपक्षेत्रीय अस्पताल अगाडि टायर बालेर प्रदर्शनमा उत्रिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रका अनुसार अहिले आफन्तहरूसँग छलफल भइरहेको छ ।
एसपी मिश्रले जानकारी दिए अनुसार राहुल साह मंगलबार बिहान एक्सरसाइज गर्दा वान्ता गरी अचानक बेहोस भएका थिए ।
उनलाई तुरुन्तै उपचारका लागि अस्पताल लगिएको थियो ।
तर, त्यहीँ उनको मृत्यु भयो ।
प्रहरीले अस्पतालमा उनको मृत्यु भएको पुष्टि गरेको छ ।
आफन्तहरूले कारागार प्रशासनको लापरबाहीका कारण राहुलको ज्यान गएको आरोप लगाएका छन् ।
WRITE COMMENTS FOR THIS ARTICLE