बिहिबार, असार २५, २०८३
Thursday, July 9, 2026

प्रधानमन्त्री शाहसँग द्विपक्षीय भेटवार्ता गर्ने पहिलो विदेशी बने एडीबी अध्यक्ष

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ । भेटवार्ता मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको हो ।

एडीबी अध्यक्ष कान्डा प्रधानमन्त्री बालेनसँग द्विपक्षीय भेटवार्ता गर्ने पहिलो विदेशी बनेका छन् ।

विसं. २०८२ चैत १३ गतेबाट प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका बालेन यसअघि कुनै पनि विदेशी नेतासँग द्विपक्षीय भेटवार्तामा सहभागी भएका थिएनन् । उनले विदेशी राजदूतहरूलाई पनि एक्लै शिष्टाचार भेट दिएका छैनन् ।

विदेशी राजदूतहरूले उनीसँग दुईपटक सामूहिक शिष्टाचार भेटवार्ता गरेका छन् । अमेरिकी उप तथा सहायक मन्त्रीहरू आउँदा पनि प्रधानमन्त्री बालेनले भेट दिएका थिएनन् ।

भारतीय विदेश सचिव विक्रम मिश्रीलाई भेटवार्ताको लागि समय नदिएपछि मिश्रीले आफ्नो नेपाल भ्रमण स्थगित गरेका थिए । प्रधानमन्त्रीले प्रोटोकल मिचेर भेटवार्ता नगर्ने भन्दै समकक्षीहरूसँग मात्र भेटवार्ता गर्ने अडान लिँदै आएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x