शुक्रबार, कार्तिक २, २०८१
Friday, October 18, 2024

पाँचौ संस्करणको नेपाल पूर्वाधार सम्मेलन सम्पन्न

काठमाडौँ / पाँचौ संस्करणको नेपाल पूर्वाधार सम्मेलन सम्पन्न भएको छ । नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा सञ्चालित सम्मेलन सम्पन्न भएको हो ।

लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यवसायी समुदाय (वाईसीएनसी) को सहआयोजनामा आयोजित सम्मेलनको समापन समारोहमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका हुन् ।

समापन समारोहमा बोल्दै उनले नेपालको समग्र आर्थिक विकासका लागि भौतिक पूर्वाधारको विकास अपरिहार्य रहेको बताए ।

साथै उनले नेपाल सरकारले केही समय अगाडि आयोजना गरेको लगानी सम्मेलनका बेला केही कानुनहरूमा सुधार गरी लगानीका लागि उपयुक्त वातावरण बनाएको उल्लेख गर्दै पूर्वाधार सम्मेलनमा आएका सुझाव पूर्वाधार विकासका लागि महत्त्वपूर्ण हुने उल्लेख गरे ।

सम्मेलनमा आएका सुझावहरूलाई नेपाल सरकारले ग्रहण गरी सोही अनुरूप सुधार गर्ने विश्वास समेत उनले व्यक्त गरे ।

नेपाल उद्योग परिसंघले समग्र आर्थिक विकासका लागि रचनात्मक भूमिका खेल्दै आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पूर्वाधार सम्मेलन समेत त्यसैको निरन्तरताको रूपमा लिएको बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले सम्मेलनमा दिगो पूर्वाधार अभ्यासहरूदेखि नवीन वित्तिय मोडेलसहित पूर्वाधार विकासमा प्रादेशिक र स्थानीय सरकारको भूमिकासम्मका विषयहरूमा गहन रूपमा छलफल भएको बताए ।

नेपालको दिगो विकासलाई अघि बढाउन रणनीतिक लगानीको महत्वका विषयमा आएका सुझावहरू नेपाल सरकारलाई उपलब्ध गराउने उनले जानकारी गराए ।

सम्मेलनमा पूर्वाधार विकासका मोडलहरू, नेपालमा लागू गर्न सकिने व्यावहारिक पक्षहरूको पहिचान तथा हाम्रा पूर्वाधार परियोजनाहरू आर्थिक रूपमा मात्र नभई सामाजिक र वातावरणीय रूपमा पनि दिगो छन् भनी सुनिश्चित गर्न चाल्नुपर्ने कदमहरूबारे स्पष्टता रूपमा सुझावहरू आएको उनले बताए ।

समापन समारोहमा नेपाल उद्योग परिसंघका प्रेसिडेन्ट एम्रेटस् विनोद चौधरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मालगायतले पूर्वाधार सम्मेलनले पूर्वाधार विकासका लागि नेपालले ध्यान दिनुपर्ने विषयहरूमा विदेशी एवं स्वदेशी विज्ञहरूबाट महत्वपूर्ण सुझाव आएको बताए ।

सचिव शर्माले यस सम्मेलनमा आएका सुझावहरूलाई सरकारले ग्रहण गर्दै कार्यान्वयनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पाँचौ संस्करणको नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२४ को टाइटल स्पोन्सर बीवाईडी र कोटाइटल स्पोन्सर शिवम् सिमेन्ट रहेको छ भने सम्मेनलाई विभिन्न इस्योरेन्स कम्पनी, बैंक तथा अन्य कम्पनीहरूले सहयोग गरेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x