बुधबार, माघ ९, २०८१
Wednesday, January 22, 2025

आज काठमाडौंका तीन ठाउँमा एकै समय प्रदर्शन हुने

काठमाडौं । संघीय राजधानी काठमाडौंका तीन ठाउँमा आज एकै समय प्रदर्शनका कार्यक्रम हुने भएका छन् । भिन्न पक्षले एकै साथ प्रदर्शन गर्न लागेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोही अनुसार सुरक्षाको योजना बनाएको छ ।

सत्तारुढ नेकपा एमालेले जागरण सभा गर्दैछ । एमालेले र्‍याली गरेर काठमाडौंको दरबारमार्गमा प्रदर्शन गर्ने अनुमति प्रशासन कार्यालयबाट लिएको छ । एमालेले आज १ लाख हाराहारी मान्छे काठमाडौंमा उतार्ने तयारी गरेको छ । एमालेले दरबारमार्गमा प्रदर्शन गर्दैछ । एमाले नेता विष्णु रिजालका अनुसार काठमाडौंका विभिन्न सम्पर्कविन्दुबाट ११ बजे बिहान सुरु हुने जुलुस दरबारमार्ग पुग्नेछ ।

त्यसैगरी मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले पनि प्रदर्शन गर्दैछ । प्रसाईं अहिले साइबर अपराधको कसुरमा पक्राउ परी साइबर ब्युरोको हिरासतमा छन् । तर उनको पूर्व निर्धारित प्रदर्शन भने नरोकिने बताइएको छ । प्रसाईंका पक्षधरलाई प्रशासन कार्यालयले काठमाडौंको कोटेश्वरमा कार्यक्रमका लागि अनुमति दिएको छ ।

माइतीघरमा सहकारी पीडितसहित अन्य प्रदर्शन हुन सक्ने प्रशासनले जनाएको छ । सहकारी पीडितले बचत फिर्ताको माग गर्दै माइतीघर मण्डल केन्द्रित प्रदर्शन गर्दै आएका छन् ।

काठमाडौंका तीन ठाउँमा प्रदर्शन हुने भएपछि सुरक्षा र जनजीवन सहज बनाउन योजना बनाइएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । प्रदर्शन हुने क्षेत्रहरूमा सवारी चाप भने हुने उनले बताएका छन् । ‘ट्राफिक जाम त हुन्छ । तर त्यसलाई पनि धेरै असर नपरोस् भन्ने हिसाबले हामीले योजना बनाएका छौं,’ उनले भने ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x