बिहिबार, बैशाख १०, २०८३
Thursday, April 23, 2026

कर्मचारीको विद्युतीय हाजिरी प्रणाली अनिवार्य रुपमा कार्यान्वयन गर्न निर्देशन

काठमाडाैं – सरकारले देशभरका सरकारी कार्यालयलाई कर्मचारीको विद्युतीय हाजिरी प्रणाली अनिवार्य रुपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ।

बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रशासन सुधार तथा व्यवस्थापन परीक्षण शाखाले परिपत्र गरेको हो। शाखाका अधिकृत पिताम्बर सारूले सबै मन्त्रालय, विभाग, कार्यालय, निकाय तथा स्थानीय तहलाई पठाएको पत्रमा विद्युतीय हाजिरी अनिवार्य गर्न भनेको छ।

पत्रमा भनिएको छ, ‘तहाँ कार्यालयहरूमा कार्यरत कर्मचारीहरूको उपस्थितिको अभिलेखीकरणका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य कार्यान्वयन गर्नु गराउनु हुन अनुरोध छ।’

अहिलेसम्म विद्युतीय हाजिरी प्रणाली नभए अनिवार्य रुपमा व्यवस्था गर्न पनि भनेको छ। कर्मचारीको आएको र गएको विद्युतीय हाजिरी प्रणालीबाटै गर्ने व्यवस्था गर्न निर्देशन दिइएको छ।

यससँगै कर्मचारीको हाजिरी विवरण हरेक १५ दिनमा प्रिन्ट गरी प्रमाणित गर्न भनिएको छ। यसरी प्रमाणित गरिएको हाजिरीको अभिलेख राख्न पनि निर्देशन दिइएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x