मङ्लबार, पुस १, २०८२
Tuesday, December 16, 2025

श्रीमती ओलीपक्ष श्रीमान् स्वतन्त्र, रघु पन्त ईश्वरपक्षकाे उपाध्यक्षमा उम्मेदवारी दर्ता

रघुजी पन्तले एघारौँ महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । केपी शर्मा ओली समूहबाट अलग भएर पन्त वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबाट उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

ओली समूहले उपाध्यक्षका लागि रामबहादुर थापा, प्रदीप ज्ञवाली, विष्णु पौडेल, गुरु बराल र पृथ्वीसुब्बा गुरुङको नाम टुंग्याएको भनिए पनि प्रदीप ज्ञवालीको नाम समूहमा अटाएको थिएन ।

यसअघि ईश्वर पक्षको उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, बिन्दा पाण्डे र परशुराम मेघी गुरुङको नाम टुंगो लागेको थियो ।  यसैगरी तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा थियो । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरू अध्यक्ष केपी ओलीविरुद्ध सडक संघर्षमा थिए । प्रधानमन्त्रीसमेत रहेका ओलीले प्रतिनिधिसभा विघटन गरेका कारण अदालतमा पनि न्यायिक परीक्षण हुँदै थियो । त्यतिबेलाको ओलीको मन्त्रिपरिषद् सदस्य थिए कृष्णगोपाल श्रेष्ठ ।

ओलीको कट्टर समर्थक रहेका श्रेष्ठ लामो समयदेखि निकट भएर काम गरेका थिए । कतिसम्म भने तत्कालीन एमालेमा अशोक राईसहितको जनजाति नेताहरूले एमाले छोड्दा उनी ओलीको साथमा लागेर बसेका मात्र थिएनन्, जनजाति नेताहरूको चर्को आलोचक पनि थिए ।

त्यसरी निकट रहेका श्रेष्ठले ओली प्रधानमन्त्री हुँदा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भएको बेलामा फुटबलको उदाहरण दिएर ओलीले प्रशंसा गरेका थिए । त्रिविको दीक्षान्त समारोहमा सम्बोधन गर्ने क्रममा श्रेष्ठले ओलीलाई महान् फुटबलर पेलसँग तुलना गरेका थिए । त्यतिबेला श्रेष्ठले भनेका थिए, ‘केपी ओली इज द केपी ओली, फुटबलको पेलेजस्तै हो, कोही माइकालाल छ सडकमा ल्याएर पछार्न सक्ने ?’

त्यसरी ओलीको प्रतिरक्षा र प्रशंसा गर्ने श्रेष्ठ अहिले भने इतर समूहमा लागेका छन् । अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलको समूहमा खुलेका श्रेष्ठ सचिवको उम्मेदवार बनेका छन् । दशौँ महाधिवेशनबाट स्थायी कमिटी सदस्य रहेका श्रेष्ठ खासमा विद्या भण्डारीनिकट मानिन्छन् । त्यसैले, उनी पोखरेलको समूहका पुगेको पनि एमालेमा चर्चा भइरहेको छ । तर, उनकी  श्रीमती भने ओली समूहमै छिन् । श्रीमती बिना श्रेष्ठ राजधानी विशेष प्रदेशबाट केन्द्रीय सदस्यको उम्मेदवार छिन् । ओलीको समूहबाट श्रीमती उम्मेदवार बने पनि श्रेष्ठ भने पोखरेल समूहको सचिवका उम्मेदवार छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x