शुक्रबार, साउन १, २०८३
Friday, July 17, 2026

आर्थिक वर्षको अन्तिम दिन शेयर बजारमा सामान्य सुधार

काठमाडाैं -चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा सामान्य सुधार देखिएको छ। पछिल्ला दुई दिनदेखि लगातार बढेको नेप्से परिसूचकले हप्ताको अन्तिम दिन पनि वृद्धि यात्रालाई निरन्तरता दिएको हो।

नेप्से परिसूचक ७.५० अंकले बढेर २५९७.८० विन्दुमा पुगेर बन्द भएको छ। ठूला कम्पनीहरूको मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि २.९२ अंकले सकारात्मक बनेको छ।

कारोबार रकममा बढोत्तरी

बजार परिसूचकसँगै यस दिन शेयर कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ। बुधबार ४ अर्ब १७ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बिहीबार ४ अर्ब ५६ करोड २९ लाख ५० हजार रुपैयाँको शेयर किनबेच भएको छ।

३ सय ७१ कम्पनीका ९४ लाख ६९ हजार कित्ता शेयर ३९ हजार ५ सय ९५ पटक खरिदबिक्री भएका छन्। समग्र बजारमा चमक आउँदा फ्लोट इण्डेक्स ०.६१ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९३ अंकले बढेका छन्।

कमाउने र गुमाउने कम्पनी

बिहीबारको बजारमा एनआईबिएल ग्रोथ फण्डका इकाईधनीले सर्वाधिक १४.९६ प्रतिशत आम्दानी गरेका छन्। फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको शेयरमूल्य साढे १४ प्रतिशतभन्दा बढी र चिरख्वा हाइड्रोपावरको मूल्य करिब साढे १४ प्रतिशतले वृद्धि भएको छ।

घट्ने कम्पनीहरूमा कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ता अगाडि रहेका छन्। सो बैंकको शेयरमूल्य सर्वाधिक ८.७७ प्रतिशतले ओरालो लागेको छ।

सिंगटी हाइड्रोको सर्वाधिक कारोबार

सिंगटी हाइड्रो इनर्जीको शेयर खरिदबिक्री सबैभन्दा धेरै रकमको भएको छ। सो कम्पनीको २४ करोड ७४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

त्यस्तै २३ करोड रुपैयाँबराबरको ८.५ प्रतिशत सानिमा डिबेञ्चर २०८७ किनबेच भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम पनि साढे २२ करोड रुपैयाँभन्दा बढी भएको छ।

म्युचुअल फण्डमा आकर्षण

बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक उकालो लागेको छ भने ४ उपसमूहको सूचक घटेको छ। म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा धेरै १.६६ प्रतिशतले बढेको छ।

लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। यता वित्त, होटल तथा पर्यटन, जलविद्युत र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचकमा भने सामान्य गिरावट देखिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x