नेपाल ‘ए’ सामु जितका लागि २ सय ८१ रनको लक्ष्य
काठमाडौं – माथिल्लो मूलपानी क्रिकेट मैदानमा जारी एकदिवसीय अभ्यास खेलमा ओमानले नेपाल ‘ए’ सामु जितका लागि २ सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा २ सय ८० रन बनाएको हो ।
टोलीका लागि मुजीबुर अलिले सर्वाधिक ७२ रनको योगदान दिए । उनले ८५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।
यस्तै, ओपनर तथा कप्तान जतिन्द्र सिंहले पनि अर्धशतकीय पारी खेले । उनले ४८ बलको सामना गर्दै ९ चौका र १ छक्काको मद्दतले ५८ रन जोडे । हसिर दाफेदरले ४६ रन तथा आशिष ओडेराले २७ रन बनाए ।
विनायक शुक्लाले २२ बलमा २५ रन हिर्काए । खेलको अन्त्यतिर जितेन कुमार रामन्दानीले नट आउट रहेर १७ रन जोडे । नेपालका लागि आकाश चन्दले शानदार बलिङ गर्दै ९ ओभरमा मात्र ३१ रन खर्चेर ४ विकेट लिए ।
यसैगरी सन्तोष यादवले २ विकेट तथा शहाब आलम, शेर मल्ल र रासिद खानले १-१ विकेट लिए ।
यही वैशाख १२ गतेदेखि हुने आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न आएको ओमानले नेपाल ‘ए’ टोलीसँग अभ्यास खेल खेल्न लागेको हो ।
त्रिकोणात्मक सिरिजमा नेपालसँगै युएई र ओमान छन् ।


WRITE COMMENTS FOR THIS ARTICLE