शुक्रबार, बैशाख ५, २०८२
Friday, April 18, 2025

मधेशका १० साना दल गठबन्धनको तयारीमा

ढल्केबर : सात दलीय मधेशी मोर्चामा अटाउन नसकेका मधेशका १० साना दलहरूले गठबन्धन गर्ने भएका छन् । पूर्वगृहमन्त्री मोहम्मद रिजवान अन्सारीको नेतृत्वमा मधेशमा वैकल्पिक शक्ति निर्माण गर्न साना दलहरूले मोर्चाबन्दी गर्न लागेका हुन् ।

नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष रामकुमार महतोले देश र मधेशका लागि वैकल्पिक शक्ति निर्माण गर्न तराई–मधेशमा सक्रिय रहेका साना दलबिच गठबन्धनको तयारी गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार नेपालको उत्पीडित, उपेक्षित र पछाडि पारिएका वर्ग तथा समुदायको हकअधिकारका लागि सङ्घर्ष गर्ने उद्देश्यले यो मोर्चाबन्दीको तयारी गरिएको हो ।

नेपाल सद्भावना पार्टी नेपाल, सङ्घीय समाजवादी पार्टी, नेपाली जनता दल, ऐतिहासिक जनता पार्टी, बहुजन एकता पार्टी नेपाल, जन अधिकार पार्टी नेपाल, राष्ट्रिय मुक्ति पार्टी तथा अन्य दलहरूबिच मोर्चाबन्दीको गृहकार्य अघि बढिरहेको छ । अध्यक्ष महतोका अनुसार नेपाल सद्भावना पार्टीको विशेष पहलमा ती दलका नेतृत्वदायी प्रतिनिधिहरूसँग मोर्चाबन्दीका साझा एजेन्डामा छलफल गरिएको छ ।

उहाँले भन्नुभयो, “नयाँ गठबन्धनको औपचारिक घोषणा वैशाख ४ गते पत्रकार सम्मेलनमार्फत गरिनेछ । त्यसपछि जेठ १५ गते जनकपुरधाममा भव्य सभा आयोजना गरेर गठबन्धनको औपचारिक घोषणा गरिनेछ ।”

सङ्घीयता, समानुपातिक समावेशीकरण, धर्मनिरपेक्षता र लोकतन्त्रजस्ता उपलब्धिहरूलाई संविधान संशोधनको नाममा कटौती गर्ने सरकारी प्रयासलाई रोक्न देशभर बलियो राजनीतिक शक्तिको आवश्यकता भएको उहाँको भनाइ छ ।

नयाँ गठबन्धनले देशभरका उत्पीडित जनतालाई एकजुट गर्दै १८ जिल्लामा जनजागरण अभियान सञ्चालन गर्ने योजनासमेत बनाएको अध्यक्ष महतोले बताउनुभयो ।-विजयकुमार साह

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x