बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

भारतीय जनता पार्टीका नेता विजय जोली नेपालमा

काठमाडाैं – करिब तीन साता पनि नबित्दै तीनजना भाजपा नेताहरूले नेपालको भ्रमण गरेका छन्।  भारतको सत्तारुढ भारतीय जनता पार्टीका नेता विजय जोलीले उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग आइतबार भेट गरेका छन्।

मन्त्री सिंहलाई भेट्न जोली आइतबार सिंहनिवास चाक्सीबारी पुगेका थिए। भाजपाका पूर्वविदेश विभाग प्रमुख जोलीसँग नेपाल भारत सम्बन्ध थप सुदृढ गर्ने विषयमा सकारात्मक छलफल भएको मन्त्री सिंहको सचिवालयले बताएको छ।

जोलीभन्दा अघि वैशाख १७ गते भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपालमा आएका थिए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीसहित अधिकांश शीर्ष दलका नेताहरुसँग भेट गरेका थिए। त्यसपछि भाजपाकै अर्का नेता भगतसिंह कोश्यारी नेपाल भ्रमणमा आएर नेताहरूसँग भेट गरेका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x