मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026

इन्धनको आकाशिँदो मूल्य संगै विश्व बजारमा नयाँ तरंग

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी द्वन्द्व पाँचौँ हप्तामा प्रवेश गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि देखिएको छ। सोमबार बिहान विश्व बजारमा तेलको मूल्य ३ प्रतिशतभन्दा बढीले बढ्दै प्रति ब्यारेल ११५ अमेरिकी डलर नाघेको हो।

कच्चा तेल को एक ब्यारेलमा १५९ लिटर हुने भएकाले हालको मूल्यअनुसार प्रति लिटर करिब ०.७२ अमेरिकी डलर (झन्डै ९६ नेपाली रुपैयाँ) पर्न जान्छ। तर यसमा प्रशोधन, ढुवानी र अन्य खर्च अझै जोडिन बाँकी हुन्छ।

अमेरिकी बजारमा कारोबार हुने तेलको मूल्य पनि ३.५ प्रतिशतले बढ्दै प्रति ब्यारेल १०३ डलर पुगेको छ। यो वृद्धिसँगै तेलको मूल्य ऐतिहासिक उच्च मासिक स्तरतर्फ अघि बढिरहेको विश्लेषण गरिएको छ।

द्वन्द्व चर्किँदै जाँदा मध्यपूर्वमा तनाव थप बढेको छ। इरान समर्थित यमनी हुथी समूहको सक्रियता र इरानले अमेरिकी तथा इजरायली संरचनामाथि आक्रमणको चेतावनी दिएपछि विश्व ऊर्जा आपूर्तिमा अनिश्चितता बढेको छ।

यसैबीच, अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको प्रमुख तेल केन्द्रमाथि नियन्त्रण सम्भव रहेको संकेत गरेका छन् भने इरानले होर्मुज जलडमरूमाथि आक्रमणको चेतावनी दिएको छ। विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने यो मार्ग अवरुद्ध हुने जोखिमले बजार थप अस्थिर बनेको छ।

नेपालमा समेत यसको प्रत्यक्ष असर देखिन थालेको छ। पछिल्ला दिनमा नेपाल आयल निगमले पेट्रोल तथा डिजेलको मूल्य पटक–पटक वृद्धि गरिसकेको छ। चैत महिनाभित्रै पेट्रोलमा प्रति लिटर ३० रुपैयाँ र डिजेल तथा मट्टितेलमा २५ रुपैयाँसम्म मूल्य वृद्धि भइसकेको छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य अझ बढ्ने संकेतसँगै आगामी दिनमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि हुने सम्भावना उच्च रहेको विश्लेषण गरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x