बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

नेप्से परिसूचक ११.५२ दोहोरो अंकले घट्याे

काठमाडौं – साताको पहिलो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ११.५२ अंकले घटेर २७०८.२५ को विन्दुमा कायम भएको छ ।

नेप्सेमा यसदिन ३३४ कम्पनीको १ करोड ११ लाख २४ हजार ८४५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४० करोड माथिको सेयर कारोबार भएको छ ।

आज हिम स्टार ऊर्जा कम्पनीका लगानीकर्ताले सर्वाधिक ९.९७ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, एनआइबिएल समृद्धि फन्ड २ का इकाईधनीले ५.८३ प्रतिशत र यूनिभर्सल पावरका लगानीकर्ताले ५.१२ प्रतिशतका दरले कमाएका छन् ।

पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक ४.६२ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन यूनियन हाइड्रोपावर कम्पनीको सर्वाधिक २९ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा नेपाल पुनर्बीमा कम्पनीको २७ करोड ४६ लाख रुपैयाँ र तेस्रोमा एभरेष्ट बैंकको २२ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x