बुधबार, माघ १४, २०८२
Wednesday, January 28, 2026

संसद् पुनर्स्थापनाको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं – संसद् पुनर्स्थापनाको माग गर्दै युवाहरूको एक समूहले काठमाडौंमा प्रदर्शन गरेका छन् । असंवैधानिक रुपमा संसद् विघटन भएको आरोप लगाउँदै उनीहरूले पुनर्स्थापनाको माग गरेका हुन् ।

‘नागरिक युवा समाज’ नामक संस्थामा आवद्ध युवाहरूले माइतीघरमा मंगलबार प्रदर्शन गरेका हुन् ।

सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा विचाराधीन रहेको अवस्थामा संविधानको रक्षा गर्ने गरि आदेश आउने उनीहरूको विश्वास छ ।

उनीहरूले अदालतमा रहेका मुद्दाको छिटो फैसला हुनुपर्ने माग उनीहरूको छ ।

देशलाई विधिमा सञ्चालन गर्न पनि संसद् पुनर्स्थापना हुनुपर्ने तर्क उनीहरूको छ ।

प्रदर्शनमा सहभागी युवाहरूले ‘संविधान बचाऊ, संसद् फर्काऊ, लुटिएको संसद् फिर्ता गर, विघठित संसद् पुर्नस्थापना गर’ लगायतका प्लेकार्डसहित नाराबाजी गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x