राज्यव्यवस्था तथा सुशासन समितिको सभापति ईश्वरी न्यौपानेलाई बनाउने तयारी

काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको सभापति ईश्वरी न्यौपानेलाई बनाउने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारीको अनौपचारिक बैठकले न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
“शेरबहादुर दाइबाट उम्मेदवार बन्नुपर्छ भन्दै फोन आएको छ‚” न्यौपानेले भनिन्।
यसअघि समिति सभापति कांग्रेसबाटै रामहरि खतिवडा थिए। निजामती विधेयकको ‘कुलिङ अफ पिरियड’सम्बन्धी प्रावधानमा समितिबाट प्रतिवेदन पास गर्ने क्रममा जालसाजी भएको भन्दै उनले राजीनामा दिएका थिए। त्यसपछि सत्ता गठबन्धनमा रहेका दलहरू कांग्रेस र नेकपा एमालेले साझा उम्मेदवार उठाउने निर्णयका गरेका थिए।
समिति सभापतिका लागि आज दिउँसो १ बजेदेखि मनोनयन कार्यतालिका रहेको छ। समिति सभापति बुधबार चयन हुने संघीय संसद् सचिवालयले कार्यतालिका जारी गर्दै जानकारी दिएको छ।
WRITE COMMENTS FOR THIS ARTICLE