बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) माथि १८ घण्टा छलफल हुने

काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) माथि झन्डै १८ घण्टा छलफल हुने भएको छ ।

आउँदाे आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) आजदेखि प्रतिनिधिसभामा छलफल प्रारम्भ भएको छ ।

हाल सरकारलाई समर्थन गर्ने ७ दललाई १२ घण्टा समय छ । बाँकी ६ घण्टा भन्दा केही कम प्रतिपक्षमा रहेका दलले पाएका छन् ।

सभामुख देवराज घिमिरेको अध्यक्षमा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले समयसीमा निर्धारण गरेको हो । कार्यतालिका अनुसार आज चार घण्टा, भाेलि पाँच घण्टा, आउँदाे जेठ १ गते चार घण्टा र जेठ २ गते पाँच घण्टा छलफल हुनेछ ।

दलीय आधारमा समयसीमा निर्धारण गरिएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले) ले पाँच/पाँच घण्टा, नेकपा (माओवादी केन्द्र) ले दुई घण्टा, राष्ट्रिय स्वतन्त्र पार्टीले ८२ मिनेट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५० मिनेट, नेकपा (एकीकृत समाजवादी) ले ४० मिनेट, जनता समाजवादी पार्टीले २८ मिनेट, जनमत पार्टीले २४ मिनेट, जनता समाजवादी पार्टी नेपालले १६ मिनेट, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १६ मिनेट, नागरिक उन्मुक्ति पार्टीले १६ मिनेट तथा नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र स्वतन्त्र सांसदले समान पाँच/पाँच मिनेट समय पाएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x