नेपाली क्रिकेट टोली श्रीलंका प्रस्थान
काठमाडौं । आइसिसी विश्वकप लिग–२ को तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलंका प्रस्थान गरेको छ।
क्यानाडामा हुने सिरिअघि नेपालले श्रीलंका डेभ्लपमेन्ट टोलीसँग तीन अभ्यास खेलका लागि टोली आइतबर श्रींलका प्रस्थान गरेको हो।
भदौ १८, २० र २२ गते एकदिवसीय अभ्यास खेल खेल्नेछ।
क्यानले उक्त अभ्यास खेलका लागि रोहितकुमार पौडेलको कप्तानीमा १९ सदस्यीय टोली घोषणा गरिसकेको छ।
नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलसन झा, रिजन ढकाल, ललितनारायण राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने
WRITE COMMENTS FOR THIS ARTICLE