बिहिबार, माघ २२, २०८२
Thursday, February 5, 2026

हर्क साम्पाङ विरुद्ध उजुरी, एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी खारेज हुनसक्ने

धरान– धरान उपमहानगरपालिकाका निवर्तमान प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)विरुद्ध चुनावी प्रचारमा बालबालिका प्रयोग गरेको आरोपमा उजुरी परेको छ ।

सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका साम्पाङविरुद्ध धरान नगर बाल सञ्जालले आइतबार निर्वाचन अधिकृतको कार्यालय र प्रहरीमा उजुरी दर्ता गराएको हो ।

आउँदो फागुन २१ गते हुने निर्वाचनका लागि गरिएको प्रचारमा बालबालिकाको प्रत्यक्ष प्रयोग गरिएको आरोप उजुरीमा लगाइएको छ ।

बालबालिका ऐन, २०७५ अनुसार राजनीतिक उद्देश्यका लागि बालबालिकाको प्रयोग गर्न नपाइने व्यवस्था स्मरण गराउँदै कानुनविपरीत कार्य भएको दाबी गरिएको छ ।

प्रमुख निर्वाचन अधिकृत दिव्यराज घिमिरेले उजुरीमाथि छानबिन प्रक्रिया अघि बढाइने जानकारी दिँदै आरोप प्रमाणित भए एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी खारेज हुनसक्ने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x