घनश्याम भुसाल संयोजककाे संयाेजकत्वमा एकीकृत समाजवादी पुनर्गठन
काठमाडौं – नेकपा (एकीकृत समाजवादी)ले नेता घनश्याम भुसाललाई संयोजक चयन गरेको छ । शनिबार बसेको नेकपा (एकीकृत समाजवादी) पुनर्गठन अभियानको केन्द्रीय कमिटीको भर्चुअल बैठकले भुसाललाई संयोजक चयन गरेको नेता दामोदर अर्यालले जानकारी दिए ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू माओवादी केन्द्रसहितका दलसँगको एकता प्रक्रियामा सहभागी भएपनि भुसाल लगायतका नेता सहभागी भएका थिएनन् ।


WRITE COMMENTS FOR THIS ARTICLE