आइतवार, मंसिर ७, २०८२
Sunday, November 23, 2025

घनश्याम भुसाल संयोजककाे संयाेजकत्वमा एकीकृत समाजवादी पुनर्गठन

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)ले नेता घनश्याम भुसाललाई संयोजक चयन गरेको छ । शनिबार बसेको नेकपा (एकीकृत समाजवादी) पुनर्गठन अभियानको केन्द्रीय कमिटीको भर्चुअल बैठकले भुसाललाई संयोजक  चयन गरेको नेता दामोदर अर्यालले जानकारी दिए ।

६७ जना केन्द्रीय सदस्य सहभागी बैठकमा भुसालले वर्तमान अवस्था र हाम्रो दायित्वको सन्दर्भमा बैठकलाई सम्बोधन गरेका थिए । उक्त बैठकले आगामी मङ्सिर महिनामा हुने राष्ट्रिय भेलाको तयारीका बारेमा व्यापक छलफल गरेको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू माओवादी केन्द्रसहितका दलसँगको एकता प्रक्रियामा सहभागी भएपनि भुसाल लगायतका नेता सहभागी भएका थिएनन् ।

पार्टीको बहुमत पक्ष नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदा भुसाल पक्ष पुरानै पार्टी पुनर्गठन र रामकुमारी झाँक्री लगायतका केही नेताहरू एमाले प्रवेशको तयारीमा छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x