बुधबार, माघ १४, २०८२
Wednesday, January 28, 2026

हिमपातको कारण न्यूयोर्क,टेक्सस, क्यान्सासमा ज्यान गुमाउनेको संख्या ५ पुग्यो ,१२ राज्यमा संकटकाल

हजारौँ गाडी दुर्घटना, क्यान्सासमा हिउँले पुरिएको अवस्थामा शव फेला ,न्युयोर्कमा मात्रै २५० भन्दा बढी र इन्डियानामा ३६३ वटा सवारी दुर्घटना

अमेरिकामा जारी हिउँदे आँधीको स्थितिलाई मध्य नजर गर्दै गम्भीरतालाई हेर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जिया, केन्टुकी र भर्जिनियासहित १२ वटा राज्यमा संघीय आपतकालीन संकटकाल घोषणा गरि सकेका छन् ।

सरकारी निकाय ‘फेमा’ ले अहिले प्रभावित क्षेत्रमा ७० लाखभन्दा बढी खानाका पुरिया (प्याकेट), ३० लाख लिटर पानी र ६ लाख ५० हजारभन्दा बढी कम्बलहरू वितरण गरिरहेको छ।

अत्यधिक चिसो अहिले सबैभन्दा ठूलो चुनौती बनेको छ। न्युयोर्क शहरमा चिसोका कारण तीन जनाको मृत्यु भएको पुष्टि भएको छ। यस्तै, क्यान्सासमा बेपत्ता भएकी २८ वर्षीया रेबेका राउबरको शव हिउँले पुरिएको अवस्थामा फेला परेको छ। अस्टिनमा पनि चिसोका कारण एक जनाको ज्यान गएको छ।

हिउँ र बरफले गर्दा सडकहरू अत्यन्तै चिप्लो भएका छन्। न्युयोर्कमा मात्रै २५० भन्दा बढी र इन्डियानामा ३६३ वटा सवारी दुर्घटना भएका छन्। हवाई यात्राको अवस्था झन् खराब छ; ३१,३०० भन्दा बढी उडानहरू प्रभावित भएका छन् र २८ वटा विमानस्थलहरू पूर्ण रूपमा बन्द गरिएका छन्।

बाल्टिमोरमा १० वर्षयताकै सबैभन्दा धेरै ११.१ इन्च हिउँ परेको छ। बोस्टनमा १०.५ इन्च हिउँ जमेको छ र अझै २ फिटसम्म हिउँ थपिने अनुमान गरिएको छ। न्युयोर्कको सेन्ट्रल पार्क र जेएफके विमानस्थलमा पनि भारी हिमपातले नयाँ किर्तिमान कायम गरेको छ।

अन्धकारमा हजारौँ मानिस:

केन्टकीको लुइभिलमा एउटा समूहले उडाएको बेलुन बिजुलीको तारमा ठोक्किँदा ५,००० मानिसको घरमा बिजुली काटिएको छ। पिट्सबर्ग जस्ता शहरहरूमा ५० भन्दा बढी माल बाहक गाडी (ट्रक)हरूले रातभर सडकबाट हिउँ पन्छाउने काम गरिरहेका छन्। मौसमविद्हरूले सोमबारसम्म तापक्रम अझै झर्ने र चिसो झन् बढ्ने चेतावनी दिएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x