शुक्रबार, बैशाख ११, २०८३
Friday, April 24, 2026

सभापतिमा गगन तथा महामन्त्रीमा शर्मा र पाैडेलकाे उम्मेद्वारी

काठमाडौं –  नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सभापति पदका लागि एक मात्रै नाम मनोनयन भएको छ।

केन्द्रीय निर्वाचन समितिका अनुसार सभापतिमा महामन्त्री गगन थापाको नाम दर्ता भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

दुई महामन्त्री पदमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् ।

विशेष महाधिवेशनले बुधबार १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्दैछ। केन्द्रीय समितिका निर्वाचनका लागि उम्मेदवारी दर्ता भइसकेको छ।

निर्वाचन समितिले दिउँसो १ बजे उम्मेदवारको सूची प्रकाशित गर्ने जनाएको छ। अहिले क-कसको उम्मेदवारी परेको भन्नेबारे निर्वाचन समितिले जानकारी दिएको छैन।

२७ पुसदेखि नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भृकुटीमण्डपमा चलिरहेको छ। निर्वाचन प्रचार-प्रसार समितिका अनुसार बुधबार सर्वसम्मत नेतृत्व तयन गरी निर्वाचन आयोग जाने तयारी छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x