मङ्लबार, पुस १, २०८२
Tuesday, December 16, 2025

कांग्रेस संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले राखे ६ बुँदे माग

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षका २५ केन्द्रीय सदस्यहरूले विभिन्न ७ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएका छन् ।
पार्टीको १५औँ महाधिवेशनका सन्दर्भमा विभिन्न ७ बुँदे माग राखि पार्टी केन्द्रीय कार्यालय सानेपामा ज्ञापनपत्र बुझाइएको केन्द्रीय सदस्य उदय शमशेर राणाले जानकारी दिए ।

उनीहरूले ज्ञापनपत्रमा सरकारले फागुन २१ गतेका लागि निर्धारण गरेको प्रतिनिधिसभा निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको १५ औँ महाधिवेशन मङ्सिर १५ गतेभित्र सुरु गर्नुपर्ने माग गरेका छन् ।

‘आसन्न २०८२ साल फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधान बमोजिम २०८२ साल मङ्सिर महिनाभित्र १५ औँ महाधिवेशन प्रारम्भ गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाई लागू गर्ने,’ज्ञापनपत्रमा उल्लेख छ ।

त्यस्तै महाधिवेशन सम्पन्न गर्ने पहिलो खुड्किलो क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण कार्य सम्पन्न हुनुपर्ने भएकोले समय सीमा निर्धारण गरेर क्रियाशील सदस्यता टुङ्ग्याउनु पर्ने पनि ज्ञापनपत्रमा उल्लेख छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x