शुक्रबार, फाल्गुन २९, २०८२
Friday, March 13, 2026

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानमा बोलाउँदै आयोग

काठमाडौं – जेनजी आन्दोलनका घटना जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानमा बोलाउने क्रममा रहेको बताएका छन् ।

बिहीबार सिंहदरबारमा सञ्चारकर्मीले अध्यक्ष कार्कीलाई एमाले अध्यक्ष ओलीलाई बयानमा कहिले बोलाउने भन्ने प्रश्नमा उनले ओलीलाई बोलाउने क्रममा रहेको बताएका हुन् ।

बोलाउँदा पनि नआएका के गर्नुहुन्छ भन्ने प्रश्नमा कार्कीले आउनु भएन भने भोलिको कुरा भोलि नै हुने बताए ।

जाँचबुझ आयोगले पूर्व गृहमन्त्री रमेश लेखकसहित अन्य सरोकारवाला व्यक्तिसँग सोधपुछ र बयान लिइसकेको छ । तर सबैको ध्यान पूर्वप्रधानमन्त्री ओलीको बयान कसरी हुन्छ भन्नेमा छ।

ओलीले जाँचबुझ आयोगलाई नै अवैधानिक भन्दै बयान नदिने बताएका छन् । तर सरकार, जाँचबुझ आयोग र ओलीबीच ओली निवास गुण्डुमै पुगेर बयान लिने समझदारी बनिसकेको बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x