शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

प्रधानमन्त्री कार्कीद्वारा तीन दलका शीर्ष नेताहरुको बैठक आह्वान

काठमाडौं – आसन्न निर्वाचनको मिति नजिकिएसँगै प्रधानमन्क्री सुशील कार्की सक्रिय रूपमा चुनावी वातावरण बनाउन लागिपरेकी छन् । उनले विघटित प्रतिनिधिसभाको प्रमुख तीन दलका शीर्षनेताहरुको संयुक्त बैठक बोलाएकी छन् ।

शनिबार (पुस १२) गते बस्ने गरी प्रधानमन्त्री कार्कीले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल फ्रचण्डसहितको संयुक्त बैठक बोलाएकी हुन् ।

यसका लागि शुत्रबार सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शीर्ष नेताहरुको निवासमै पुगेर निम्तो दिइरहेका छन् ।

निर्धारित मिति आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गराएरै छाड्ने प्रधानमन्त्रीको अठोटका बिच उनले दलीय छलफललाई प्राथमिकता दिएकी हुन् ।

गत साेमबार (पुस ८) राष्ट्रपति रामचन्द्र पाैडेलले सरकार र शीर्ष नेताबिचकाे संवादहिनता ताेडिदिएका थिए । राष्ट्रपति पाैडेलकाे आह्वानमा प्रधानमन्त्री कार्की, देउवा, ओ‌ली र प्रचण्डबिच राष्ट्रपति भवन शीतलनिवासमा छलफल भएकाे थियाे । साेही छलफलपछि सरकार र दलका शीर्ष नेताबिचकाे बैठक हुने अवस्था सिर्जना गरेकाे हाे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x