बिहिबार, फाल्गुन २८, २०८२
Thursday, March 12, 2026

झिनो अंकले बढेको सेयरबजारमा तीन अर्बको कारोबार

काठमाडौं – साताको पहिलो र दोस्रो कारोबार दिन घटेको नेप्से तेस्रो र चौथो दिन भने झिनो अंकले बढेको छ। आज (बुधबार) चौथो कारोबार दिनमा नेप्से १.३७ अंकले बढेको छ। ०.०५ प्रतिशतले बढेको नेप्से २‚५८५.८७ विन्दुमा रोकिएको छ।

नेप्से आइतबार १९.९२ अंक र सोमबार १३.८८ अंकले घटेको थियो। हिजो (मंगलबार) भने नेप्से ३.२७ अंकले बढेको थियो। बुधबार सेन्सिटिभ इन्डेक्स पनि ०.९४ अंकले बढेर ४४८.५३ विन्दुमा रोकिएको छ। आज ३३४ कम्पनीको ६२ हजार ७६८ पटकको कारोबारमा ७२ लाख २४ हजार ९१७ कित्ता सेयर किनबेच भए। जसमा तीन अर्ब २२ करोड ४६ लाख ६४ हजार ६६३ रुपैयाँको कारोबार भयो।

नेप्सेमा आज ६ वटा समूहको सूचक बढ्दा सात वटाको घट्यो। नेप्सेमा मंगलबार १११ कम्पनीको मूल्य बढेको छ। यस्तै १४२ वटा कम्पनीका मूल्य घट्दा सातवटाको स्थिर रह्यो।

आज सबैभन्दा बढी इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ५.३२ प्रतिशतले बढ्यो। इन्फिनिटीको अन्तिम कारोबार मूल्य ९८९ रुपैयाँ रह्यो। यस्तै ग्रामीण विकास लघुवित्तको सेयर मूल्य ४.२३ प्रतिशतले घट्यो। यसको अन्तिम कारोबार मूल्य ८१६ रुपैयाँ कायम रह्यो।

आज सबैभन्दा धेरै एसवाई प्यानल लिमिटेडको सेयर कारोबार भएको छ। आज यसको १४ करोड ४९ लाख ३५ हजार ३८३ रुपैयाँको सेयर कारोबार भएको छ। जसको अन्तिम सेयर मूल्य प्रतिकित्ता ८१५ रुपैयाँ कायम रह्यो। हिजो (बुधबार) पनि एसवाई प्यानलकै सेयरको कारोबार सबैभन्दा धेरै भएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x