बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

भूमिसम्बन्धीअध्यादेशलाई (जसपा) नेपालले समर्थन नगर्ने

काठमाडौं, –  संसदबाट अध्यादेश पारित हुने सरकारले दाबी गरिरहेका बेला निर्णायक भनिएको जनता समाजवादी पार्टी (जसपा) नेपालले अध्यादेशलाई समर्थन नगर्ने स्पष्ट पारेको छ । जसपाले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने अडान राखेको छ।

यसै हप्ता अध्यादेश संसदमा टेबुल हुने भनिए पनि नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले फागुन ११ गते टेबुल गर्ने जनाएका थिए । अध्यादेशलाई अँध्यारोमा नै छाडेर जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव ५ दिने भ्रमणका लागि बुधवार कतार प्रस्थान गरेका छन् । उनको सचिवालयले सार्वजनिक गरेको कार्यक्रम अनुसार यादव १२ गते रातिसम्म स्वदेश फर्किने छन् ।

जसपा नेपालका महासचिव रामकुमार शर्माले जनाए अनुसार पार्टीको केन्द्रीय समिति बैठक १९ गतेदेखि र त्यस अगावै कार्यकारिणी समितिको बैठक हुनेछ । अध्यक्ष यादव विदेश भ्रमणबाट फर्केलगतै पार्टी बैठकहरुको तयारीमा लाग्ने उनले बताए । अध्यादेशको विषयमा जसपा नेपाल आफ्नो निर्णयमा अडिग रहेको बताउँदै शर्माले भने, ‘भूमिसम्बन्धी अध्यादेश सरकारले फिर्ता नलिए अन्य अध्यादेशलाई समेत जसपाले समर्थन गर्ने छैन ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x