मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा पत्रकार सङ्घसंस्थाले प्रदर्शन गरे

काठमाडौं – नेपालमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा आज काठमाडौंको माइतीघर मण्डलामा पत्रकार सङ्घसंस्थाले प्रदर्शन गरेका छन्।

सरकारको यस कदमलाई प्रेस स्वतन्त्रता र नागरिक अधिकारमाथिको हस्तक्षेप भन्दै उनीहरूले विरोध जनाएका हुन्।

उक्त विरोध प्रदर्शनमा पत्रकार, अगुवा र सरोकारवालाहरूले सरकारको निर्णयले अभिव्यक्ति स्वतन्त्रताको मौलिक हक कुण्ठित भएको बताएका छन्।

नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियनलगायतका संगठनहरूले आइतबार काठमाडौंको माइतीघरमण्डलामा ब्यानरसहित उभिएर प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘ सञ्जाल बन्द, आवाज बन्द’, जनताको मुख थुन्न पाइँदैन,’ अभिव्‍यक्ति स्वतन्त्रता हाम्रो अधिकारलगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरूले सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने बहानामा यसलाई बन्द गर्न खोजिएको भन्दै तत्काल यो निर्णय फिर्ता लिन माग गरे। विरोधमा सहभागीहरूले विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x