शनिबार, बैशाख १९, २०८३
Saturday, May 2, 2026

चलचित्र विकास बोर्डमा राजनीतिक सफाइः अध्यक्ष डीसीसहित ४ पदाधिकारीको पद संकटमा

काठमाडौं – चलचित्र विकास बोर्डमा अध्यक्ष दिनेश डीसीसहित चार पदाधिकारीको पद धरापमा परेको छ । सरकारले राजनीतिक नियुक्तिमार्फत विभिन्न निकायमा पुगेका व्यक्तिहरूलाई कार्यकाल सकिनुअगावै हटाउन ’केही नेपाल ऐन संशोधन अध्यादेश’ अघि बढाएपछि बोर्डमा हलचल मच्चिएको हो ।

आगामी भदौमा कार्यकाल सकिने अध्यक्ष डीसीसँगै सदस्यहरू सन्तोषबाबु लोहनी, वीरेन्द्रप्रसाद भट्ट र गणेशप्रसाद सुवेदीलाई एकमुष्ट हटाउने तयारी भइरहेको छ ।

सत्ता र शक्तिको निकटताका आधारमा नियुक्त भएका करिब १२०० पदाधिकारीलाई हटाउने सरकारी योजनाअन्तर्गत सञ्चार मन्त्रालयले बोर्डका पदाधिकारीहरूको विवरण बुझाइसकेको छ । यसरी ऐन नै संशोधन गरेर पदमुक्त गर्ने प्रक्रिया सुरु भएपछि बोर्डका पदाधिकारीहरूमाझ त्रास छाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x