‘जिन्दगी एक यात्रा’को दोस्रो संस्करण सार्वजनिक
काठमाडौं,– सूचक प्रकाशनले सपना लामिछाने देउजाको कविताकृति ‘जिन्दगी एक यात्रा’को दोस्रो संस्करण सार्वजनिक गर्यो ।
यात्रा– देशदेशावर भ्रमण गर्नु, जीवनको ध्येय उद्देश्य प्राप्तिका लागि गरिने यात्राहरू प्रत्यक्ष रूपले भौतिक यात्रामा पर्छन् भने भित्री आत्मिक शान्ति र अलौकिक जीवन दर्शनका लागि गरिने अध्यात्मिक यात्राले एकै मान्छेको यात्राहरू फरक फरक हुन सक्छन् । मान्छे सामाजिक प्राणी हो र समाज नै बाँच्ने आधार हो । यसै आधारलाई टेकेर भोगेका देखेका यावत् विषयवस्तुहरू उसले साहित्य मार्फत अभिप्रेषण गर्दछ । यसै प्रक्रियामा कवियत्री सपना लामिछाने देउजाले कविताकृति ‘जिन्दगी एक यात्रा’ वाट प्रष्ट्याएकी छिन् ।
“जीवन एक पटक प्राप्त हुने हो । त्यो एकपटक प्राप्त हुने जीवनमा धेरै प्रकारका यात्राहरू देख्नु, भोग्नु मान्छेको नियति हो, भाग्य हो ।” त्यसलाई सपना लामिछानेले जिन्दगीका आराेह–अवराेह समेटेर कविता मार्फत ब्यक्त गरेकी छिन ।
नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा क्याप्टेन रतनबहादुर लामिछानेका नाममा स्थापित ‘क्याप्टेन रतनबहादुर लामिछाने पुरस्कार’ भोजपुरका शिक्षासेवी तथा समाजसेवी केदारनाथ श्रेष्ठलाई प्रदान गरेको छ । प्रा. डा. कृष्णहरि बरालले श्रेष्ठलाई नगद सहित पुरस्कृत गरे ।
गंगा खतिवडा, रुबी सत्याल, मन्दीप सिलवाल, नवीन पल्लव र लक्ष्मी पोख्रेलले कृतिभित्रका कवितावाचन गरे । कार्यक्रममा कवि लामिछाने, पुरस्कृत व्यक्तित्व श्रेष्ठ, दीपक भेटवाल, हरिप्रसाद पाण्डेयलगायतका व्यक्तिहरूले आ–आफ्नाे मन्तव्य व्यक्त गरेका थिए ।
WRITE COMMENTS FOR THIS ARTICLE