जनक्रान्तिले समेत गर्न नसकेको काम जेनजी विद्रोहबाट भयाे -विप्लव
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जेनजी विद्रोहबाट अहङ्कारी सरकार ध्वस्त पारेकोमा खुसी व्यक्त गरेका छन् ।
‘अहङ्कारी सत्ता, संसद् दलालहरूको सत्तालाई ध्वस्त पारेकोमा धन्यवाद गर्न चाहन्छु । हाम्रो आवाजलाई बेवास्ता मात्र गरिएन, नेपालको संसद्लाई दलालहरूको स्वार्थमा पूर्ति गर्न प्रयोग गर्यो । यो इतिहासमा कहिल्यै नमेटिने गरी राष्ट्र घात गर्यो’, उनले भने, ‘भ्रष्टाचार वडादेखि छ । सरकारले ठेक्कापट्टा गर्ने, लुट्ने खाने काम गर्यो । हामीले पार लगाउन सकेका थिएनाैँ । सरकारले राज्य, सत्ता, डण्डाको बलमा दमन गर्यो । जेनजीको विस्फोट भयो । जसका कारण अहङ्कारी सरकार ढल्यो ।’


WRITE COMMENTS FOR THIS ARTICLE