शनिबार, कार्तिक २२, २०८२
Saturday, November 8, 2025

७४ जिल्लामा फैलियो डेंगी, एक हप्तामै थपिए २११ नयाँ सङ्क्रमित

काठमाडौं – नेपालका ७४ जिल्लामा डेंगीको सङ्क्रमण फैलिएको छ। पानी पर्ने क्रम बढ्दै गएपछि डेंगीका बिरामीहरूको सङ्ख्या पनि ह्वात्तै बढेको छ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार, हालसम्म देशभर ३,२४७ जनामा डेंगी सङ्क्रमण देखिएको छ भने दुई जनाको मृत्यु भएको छ। पछिल्लो एक हप्तामा मात्रै २११ नयाँ सङ्क्रमित थपिएका छन्।

प्रदेशअनुसार सङ्क्रमणको अवस्था यस्तो छ:

  • कोशी: ५६८ जना
  • मधेस: ६२ जना
  • बागमती: ६७५ जना
  • गण्डकी: ९१४ जना
  • लुम्बिनी: ५५१ जना
  • कर्णाली: ९३ जना
  • सुदूरपश्चिम: ३८४ जना

डा. दाहालले डेंगीको जोखिम अझै बढ्ने भएकाले सबैलाई सतर्क रहन आग्रह गरेका छन्। एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिका लामखुट्टेले जमेको सफा पानीमा फुल पार्ने र तिनै लामखुट्टेको टोकाइबाट डेंगी सर्ने भएकाले घरवरपर पानी जम्न दिनु हुँदैन। सरकारले डेंगी रोकथामका लागि प्रत्येक शुक्रबार ‘लामखुट्टै खोज र नष्ट’ अभियान पनि चलाइरहेको छ।

गत वर्ष सन् २०२४ मा ७६ जिल्लामा डेंगी फैलिएको थियो, जसबाट ४१ हजार ८६५ जना सङ्क्रमित भएका थिए र १५ जनाको मृत्यु भएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x