शुक्रबार, फाल्गुन २९, २०८२
Friday, March 13, 2026

राजनीतिमा दृश्य मात्र नभई अदृश्यमा पनि धेरै कुरा हुन्छ -पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई

काठमाडौं – पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले जेजनी अगुवाहरूलाई राजनीति गर्दा धेरै कुरामा ख्याल गर्नुपर्ने सुझाव दिएका छन्। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), राजनीतिक संवाद समितिले काठमाडौँमा बिहीबार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले राजनीतिमा दृश्य मात्र नभई अदृश्यमा पनि धेरै कुरा हुने भएकाले ख्याल गर्नुपर्ने सुझाव दिएका हुन्।

‘राजनीतिमा ख्याल गर्नू। सबै दृश्य मात्र हुँदैन। अदृश्य पनि धेरै कुरा हुन्छ। अहिले जोसमा सबै गर्दिन्छौं जस्तो त लाग्छ। तर,वास्तविकतामा सोचेजस्तो त्यस्तो हुँदैन। हात्तीसँग लड्नुपर्दा गाह्रो हुन्छ। त्यसैले राजनीतिमा धेरै कुरामा ख्याल गर्नुपर्छ,’उनले भने, ‘हिजो हामीले अपूर्णतासहितको संविधान बनायौं । आधा अहिले भरौं, आधा भर्दै गरौंला भनेर लेख्यौं । संविधान जारी भएकै दिन बाहिर आएर मैले बोलेको थिएँ । यो आधा गिलास भरी छ, आधा खाली छ भनेको थिएँ । अहिले संघीयता लगायतका कुरा फ्याक्ने हैन । बरु त्यो अपूर्ण छ । त्यसलाई पूर्ण बनाउनुपर्छ । यी कुरालाई क्रमशः सुधार्नुपर्छ भनेर लाग्नुपर्छ भनेको थिएँ ।’

उनले १० वर्षदेखि वैकल्पिक शक्तिका लागि आफूहरू लडिरहेको पनि बताए। ‘संविधान जारी भएको दिनदेखि बोल्ने बाबुराम यहीँ छ। अरू तीनवटा टाउकाले १० वर्षदेखि चलाएका थिए। त्यसविरुद्ध हामी लडिरहेका थियौं। हाम्रो ताकत पुगिरहेको थिएन। त्यसमा अहिले तपाईंहरूको ताकत थपिएको छ। यसमा हाम्रो पूर्ण साथ छ,’ उनले भने।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x