विश्वकप टी–२० मा नेपाल र ओमानबीच महत्वपूर्ण प्रतिस्पर्धा हुँदै
काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज (बुधबार) नेपाल र ओमानबीच महत्वपूर्ण प्रतिस्पर्धा हुँदैछ।
सुपर सिक्समा यसअघि यूएईलाई १ रनले र कतारलाई पाँच रनले पराजित गरेको नेपालले आज ओमानलाई हराउन सकेमा सन् २०२६ को टी–२० विश्वकपका लागि छनोट हुनेछ। विश्वकप छनोटका लागि निर्णायक मानिएको यो खेल राति ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ।
सुपर सिक्समा सहभागी नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओ गरी ६ टिममध्ये शीर्ष स्थानमा रहने तीन टिमले भारत र श्रीलंकामा हुने २०२६ को टी–२० विश्वकप खेल्नेछन्।
हाल सुपर सिक्सको तालिकामा ओमान र नेपालको समान ६–६ अङ्क छ। रनरेटको आधारमा ओमान शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ। दुई अङ्क जोडेका यूएई र जापान क्रमशः तेस्रो र चौथो स्थानमा छन् भने कतार र सामाओ अङ्कबिहीन छन्।


WRITE COMMENTS FOR THIS ARTICLE