मङ्लबार, भदौ २, २०८३
Tuesday, August 18, 2026

पश्चिम बंगालका पूर्वमन्त्री आशिष बनर्जी आइतवार बिहान पार्टी कार्यालयमा मृत अवस्थामा भेटिए

बंगाल- भारतीय राज्य पश्चिम बंगालका पूर्वमन्त्री तथा विधानसभाका पूर्वउपाध्यक्ष आशिष बनर्जी आइतवार बिहान पार्टी कार्यालयमा मृत अवस्थामा भेटिएका छन्।

तृणमूल कांग्रेसका नेता बनर्जी पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीनिकट नेताका रूपमा चिनिन्थे। उनको निवास नजिकै रहेको पार्टी कार्यालयको कोठामा उनको शव फेला परेको स्रोतले जनाएको छ।

ममता बनर्जी नेतृत्वको सरकारमा उनले स्कुल शिक्षा तथा कृषि मन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका थिए। सन् २०२१ मा उनी पश्चिम बंगाल विधानसभाको उपाध्यक्ष बनेका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x