मिराज ढुंगानाले दलको नाम भने सबैसँगको छलफलपछि मात्र राख्ने
काठमाडौँ । जेनजी अभियान्ता मिराज ढुंगानाले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् ।
शनिवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी ढुंगानाले राजनीतिक दल खोल्न लागेको घोषणा गरेका हुन् ।
उनले निर्वाचनमा भाग लिनको लागि मात्रै भने दल खोल्न नलागेको दाबी गरे । आफूहरूको बटमलाईन सरकारले पूरा नगरेसम्म निर्वाचनमा भाग नलिने उनले बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी र विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग पूरा नभइ निर्वाचनमा नजाने बताए । आफूहरूको प्रमुख मुद्दा भएको बताउँदै उनले जेन—जी अभियन्ताहरूलाई एकजुट बनाउन नयाँ दल खोल्न लागिएको जानकारी दिए ।
उनले भने ‘बटमलाईन पूरा नभई हामी चुनावमा जान तयारी छैनौँ । प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा भनेको हाम्रो वान अफ द बटमलाईन हो यसलाई सुन्नैपर्छ । यो विना कतै पनि जानेवाला छैनौँ । पार्टी खोल्नुको अर्थ चुनाव लड्न होइन । सङ्गठित भएर अगाडी बढ्नलाई छरिएर नबसौँ, हुलमुलमा नबसौँ, कसको कुरा सुन्ने त, निर्देशन कसले दिने त्यसको लागी मात्रै हो । हामीले राजनीतिक पार्टी खोल्नुको अर्थ निर्वाचनमा जानु कदापि होइन । यो प्रस्ट होस् । आधिकारिक हुनलाई भीड भएर मात्रै त देश विकास हुँदैन । आधिकारिक त हामी हुनुपर्यो । कि त मैले एनजीओ खोल्नुपर्यो देश विकासका लागी कि त राजनीतिक दल खोल्नुपर्यो । त्यो बाहेक त हुलमुल मात्रै हुन्छ ।’
उनले नयाँ दलको नाम भने सबैसँगको छलफलपछि टुंग्याउने बताए ।


WRITE COMMENTS FOR THIS ARTICLE